विशेष संसदीय छानबिन समितिको पहिलो बैठक मंगलबार

शनिबार, २५ असार, २०७९
डिजिटल संस्करण

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न गठित संसदीय समितिको पहिलो बैठक मंगलबार बस्ने भएको छ । एक सदस्यका अनुसार शुक्रबार समिति सदस्यबीच अनौपचारिक छलफल भएको र मंगलबार बैठक बस्ने सहमति बनेको छ ।

‘टेलिफोनमार्फत समिति सदस्यबीच अनौपचारिक छलफल भयो,’ ती सदस्यले नयाँ पत्रिकासँग भने, ‘मंगलबार बैठक बस्ने र कार्यविधि तयार गरेर अगाडि बढ्ने सहमति भएको छ, तर कति बजे बस्ने भन्ने टुंगो लागिसकेको छैन ।’

सुझावित समाचार