राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री

मंगलबार, ७ असार, २०७९
डिजिटल संस्करण
राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री

तस्बिर : संजित परियार

राष्ट्रिय स्वतन्त्र पार्टी घाेषणा गरेका रवि लामिछानेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डा अघि सारेका छन् । मंगलबार राष्ट्रिय सभागृहमा राजनीतिक दल घोषणा कार्यक्रममा उनले आफू नेतृत्वकाे पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीकाे अवधारण अघि सारेकाे बताए ।

उनले आफ्नो पार्टीमा ५०.१ प्रतिशत युवा सहभागिता गराउने, आफ्नो पार्टीबाट मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री र प्रदेशका मुख्य मन्त्रीलाई दिइने, निर्वाचित व्यक्तिले काम नगरे पार्टीबाटै हटाउने, परिवारवादलाई निषेध गर्ने र डिजिटल भोटिङका लागि पहल गर्ने लगायतका एजेण्डा अघि सार्ने घोषणा गरेका छन्।

उनको पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहने घोषणा गरेका छन्। पार्टी घोषणा कार्यक्रममा लामिछानेले आफू व्यवस्था बदल्न नभई नागरिकको अवस्था बदल्न राजनीतिमा आएको दाबी गरे।

सुझावित समाचार