प्रधानमन्त्री देउवाद्वारा बिमस्टेक क्षेत्रका चुनौती सम्बोधन गर्न ऐक्यबद्धता र सहकार्यमा जोड

सोमबार, २३ जेठ, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) क्षेत्रका चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रहरूबीच एकता, ऐक्यबद्धता र सहकार्यको महत्वमा जोड दिएका छन्।

बिमस्टेक को २५औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै आज उनले यस क्षेत्रको आर्थिक साझेदारी प्रवर्द्धन गर्न एकता, ऐक्यबद्धता र सहकार्यको महत्वमा जोड दिएका हुन्। प्रधानमन्त्री देउवाले बिमस्टेक सदस्य राष्ट्रका जनता र सरकारलाई शुभकामना दिँदै शान्ति, विकास र समृद्धिको क्षेत्रीय आकांक्षा पूरा गर्न संगठनलाई सक्षम बनाउनुपर्ने उल्लेख गरे।

उनले बिमस्टेकले दक्षिण एसिया र दक्षिण पूर्वी एसियाबीचको सदिऔँ पुरानो सांस्कृतिक र सभ्यताको सम्बन्धलाई पुनर्जीवित गरेको र सदस्य राष्ट्रबीच अर्थपूर्ण सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण कदम चालेको बताए।

सुझावित समाचार