यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो।
निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य लिटरमा रु. १० ले घटाएको थियो। योसँगै यात्रुबाहक सवारीमा दुई प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.९ प्रतिशत भाडा घटेको छ। सरकारले सार्वजनिक सवारीसाधनको भाडादर स्वचालित आधारमा गर्ने व्यवस्थाअनुसार भाडादर घटेको विभागले जनाएको छ।
यस्तो छ नयाँ भाडादर :