बुस्टर डोज लगाएको चौथो दिन २० वर्षीया युवतीको मृत्यु

शुक्रबार, २० जेठ, २०७९
डिजिटल संस्करण

बुष्टर डोज  लगाएकी अर्की एक महिला पनि बिरामी,  महाकाली अस्पतालमा उपचार हुँदै

कञ्चनपुरमा कोरोना महामारी बिरुद्धको बुष्टर डोज लगाएकी एक युवतीको मृत्यु भएको छ । चार दिन अघि बुष्टर डोज लगाएकी भीमदत्त नगरपालिका-१९ बागफाँटाकी २० वर्षीया गंगा रानाको मृत्यु भएको हो । 

१६ जेठमा खोप लगाएदेखि बिरामी भएकी गंगाको बिहीबार दिउँसो मृत्यु भएको उनको परिवारले जनाएको छ । तर, गंगाको मृत्यु खोप लगाएकै कारण भएकाे हो वा अन्य कारणबाट भएको हाे भन्नेबारे स्वास्थ्य कार्यालयबाट आधिकारीक धारणा आएको छैन । 

स्वाथ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले गंगाको मृत्युबारे यकिनका साथ भन्न नसकिने बताए । ‘गंगाको मृत्यु कोरोनाको खोप लगाएका कारण भएको हो वा होइन भन्नेबारे अहिले केही भन्न सकिँदैन, ‘उनले भने, ‘अन्य कारणबाट समेत हुनसक्छ ।’ मृतकका परिवार र स्थानीयले मृत्यु हुनुको कारण छानबिन गर्न माग गरेका छन्।

यसैगरी बागफाँटामै बुष्टर डोज  लगाएकी अर्की एक स्थानीय तिर्था राना समेत बिरामी भएकी छिन् । तिर्थाको महाकाली अस्पतालमा उपचार भईरहेको छ ।

See More On

सुझावित समाचार