सरकारको नीति तथा कार्यक्रम पारित

शनिबार, १४ जेठ, २०७९
डिजिटल संस्करण

सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । राष्ट्रपति विद्या भण्डारीले गत १० जेठमा संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकमा बहुमतले पारित भएको हो । 

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरेलगत्तै सांसदहरूको बहुमतले पारित भएको हो । 

यसअघि सांसदहरू भीमबहादुर रावल, शेरबहादुर तामाङ, दुर्गा पौडेल र प्रेम सुवालले राखेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको संशोधन प्रस्ताव अस्वीकृत भएको थियो । 

नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट शुक्रबार नै पारित भएको थियो ।

सुझावित समाचार