१६औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता, आज फाइनल चरण खेल हुने

शनिबार, २४ बैशाख, २०७९
डिजिटल संस्करण
१६औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता, आज फाइनल चरण खेल हुने

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपाल व्यायाम मन्दिरको आयोजनामा शुक्रबारदेखि १६औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा पहिलो दिन प्रिजजिङ राउन्ड सम्पन्न भएको छ । शनिबार फाइनल चरण खेल हुनेछ ।

प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ९० केजीभन्दा माथि तौल समूहमा चार सय खेलाडीले प्रतिस्पर्धा गरिरहेको आयोजकले जनाएको छ । प्रतिस्पर्धामा व्यायाम मन्दिरबाट ७५ केजी तौल समूहमा आदित्य ठाकुर (८८)ले आफ्नो कला प्रस्तुत गरेका छन् ।

विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । यसैगरी, तेस्रो हुने खेलाडीले दुई लाख प्राप्त गर्नेछन् । 

 

सुझावित समाचार