जोगबनी नाकामा एसएसबीका जवानले अन्धाधुन्ध गोली चलाएपछि आतंक

मंगलबार, २० बैशाख, २०७९
डिजिटल संस्करण

भारतीय सीमा सुरक्षा बल (एसएसबी)का एक जवानले सोमबार दिउँसो विराटनगर–जोगबनी नाकामा हवाई फायर गरेर आतंक सिर्जना गरेका छन् । मोरङको विराटनगर महानगरपालिका–१८ स्थित इस्लामपुर नाकामा भारतीय सुरक्षाकर्मी अमनकुमारले सोमबार दिउँसो २ बजे अचानक हवाई फायर गरेर सीमा क्षेत्रमा आतंक सिर्जना गरेका हुन् ।

स्थानीयले दिएको जानकारीअनुसार सीमा सुरक्षामा खटिएका भारतीय एसएसबीले तीन राउन्ड हवाई फायर गरेका थिए । उनले मापसे गरेर पारिवारिक समस्याले आवेशमा आएर हवाई फायर गरेको एसएसबीले नेपाली प्रशासनलाई जानकारी दिएको मोरङ प्रशासनले जनाएको छ । स्थानीयका अनुसार ड्युटीमा खटिएका एसएसबीले मदिरा सेवन गरेका थिए ।

होहल्ला गरेपछि स्थानीयले उनलाई घेराउ गरेका थिए । स्थानीयको भीड बढेपछि आफ्नो सुरक्षाका लागि भन्दै हवाई फायर गर्दै उनी फरार भएका थिए । मंगलबार पर्ने इद पर्वको पूर्वसन्ध्यामा अचानक भारतीय सुरक्षाकर्मीले गोली चलाएपछि इस्लामपुरवासी त्रसित बनेका छन् । घटनाबारे गहन सोधपुछ भइरहेको मोरङका एसपी शान्तिराम कोइरालाले बताए ।

See More On

सुझावित समाचार