उत्तरी गोरखामा एक विदेशी पर्यटक मृत भेटिए

शनिबार, १० बैशाख, २०७९
डिजिटल संस्करण

उत्तरी गोरखामा एक पर्यटकको मृत्यु भएको छ। चुमनुब्री गाउँपालिका– १ धर्मशालास्थित लार्के होटेलमा वास बसेका ६४ वर्षीय कोरियन नागरिक डोङकी जोङको मृत्यु भएको प्रहरीले जनाएको छ।

होटेलमा वास बसेका उनी बन्द कोठाभित्र मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं लगिएको उनले जानकारी दिए। उनी लार्के पासका लागि मनास्लु पदमार्ग हुँदै त्यहाँ पुगेका थिए।

सुझावित समाचार