नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको आजको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि उपत्यकाका तीन जिल्लाका लागि संयोजक तोकेको छ। काठमाडौंका लागि कमिटीका उपाध्यक्ष विदुर कार्की, ललितपुरमा उपसचिव चन्द्र रिजाल र भक्तपुरमा उपसचिव उर्मिला सुनुवारले संयोजन गर्ने भएका छन्।
बैठकले विशेष प्रदेशमातहतका मजदुर विशेष जिल्ला कमिटी, पेसागत विशेष जिल्ला कमिटी, युवा विद्यार्थी विशेष जिल्ला कमिटी र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी, इलाका र शाखालाई परिचालन गर्ने निर्णय गरेको छ।
उपत्यकामा रहेका विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरू यी जिल्ला कमिटी र अन्तर्गतका कमिटीहरूमा संगठित छन्। प्राध्यापक, कानुन व्यवसायी, चिकित्सक तथा स्वास्थ्यकर्मी, पत्रकार, विभिन्न निकाय तथा संघसंस्थामा कार्यरत कर्मचारीहरू, मजदुर, विद्यार्थी, युवा यिनै विशेष कमिटीअन्तर्गत संगठित छन्। रासस