स्थानीय तह निर्वाचनमा सेना परिचालनको स्वीकृति

मंगलबार, २९ चैत, २०७८
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचनमा सेना परिचालनको स्वीकृति दिएकी छlन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेकी हुन्।

स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ को व्यवस्थाअनुसार सुरक्षा निकायहरू एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्ले चैत्र १७ मा र मन्त्रिपरिषद्ले चेत्र २४ मा सिफारिस गरेको थियो।

सुझावित समाचार