चुनावी रणनीति बनाउन सत्तागठबन्धनका शीर्ष नेता छलफलमा

शुक्रबार, २५ चैत, २०७८
डिजिटल संस्करण
चुनावी रणनीति बनाउन सत्तागठबन्धनका शीर्ष नेता छलफलमा

फाइल फाेटाे ।

चुनावी रणनीति बनाउन सत्तागठबन्धन दलका  शीर्ष नेताहरू छलफलमा जुटेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ। प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार बैठक जारी छ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाललगायतको सहभागिता रहेको छ। बैठकमा गठबन्धनको चुनावी रणनीतिबारे छलफल भइरहेको बताइएको छ।

सुझावित समाचार