रुकुमको एमाले वडा कमिटी माओवादी केन्द्रमा

शनिबार, १९ चैत, २०७८
डिजिटल संस्करण

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–४ को  नेकपा एमाले वडा पार्टी कमिटी नेकपा माओवादी केन्द्रमा समाहित भएको छ। उक्त वडा कमिटी गठनको विषयमा पहिलेदेखि नै केही विवाद थियो।

अहिले त्यही सिंगो वडा कमिटी नै माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं रुकुमपूर्वका इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिए । उनका अनुसार पार्टी प्रवेश गर्नेमा एमालेका वडा इन्चार्ज महेन्द्र बुढा, सचिव झुपबहादुर पुन, सदस्य टेकप्रसाद पुन, उपेन्द्र बुढा, पूर्ण बुढा, विनोद बुढा, पद्मोदया बुढा, नरम बुढा, मनदेउ बुढा, सन्तोष पुन, सूर्यमान पुन, भरण विक, धनलब बुढा रहेका छन् । 

See More On

सुझावित समाचार