पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री वाङबिच भेटवार्ता

एमाले वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्या भण्डारी स्वदेश फिर्ता

मंगलबार, १० कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ एमाले वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्या भण्डारी स्वदेश फर्किएकी छिन् । चीनको हवेई प्रान्तको स्योङआनमा चिनियाँ विदेश मन्त्रालयसम्बद्ध थिंकट्यांक ‘चाइना पिपुल्स इन्स्टिच्युट अफ फरेन अफेर्अस’द्वारा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा विशिष्ट अतिथिका रूपमा सहभागी भएर भण्डारी सोमबार स्वदेश फर्किएकी हुन् ।

भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीसँग शिष्टाचार भेटवार्ता भएको भ्रमण प्रतिनिधिमण्डलका एक सदस्यले बताए ।

त्यसक्रममा दुई देशबिचको आपसी हितका विषयमा केहीबेर शिष्टाचार कुराकानीसमेत भएको थियो । २३ देखि २५ अक्टोबरसम्म आयोजित ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ विषयक विश्व सम्मेलनमा सय देशका करिब दुई सय प्रतिनिधि सहभागी थिए ।

सम्मेलनमा थुप्रै मुलुकबाट पूर्वराष्ट्रप्रमुख र सरकार प्रमुख तथा बाहलवाला र पूर्वमन्त्रीका साथै विभिन्न मुलुक तथा चीनबाट कूटनीतिक मामिलासँग सम्बन्धित थुप्रै विज्ञसमेत सहभागी थिए । सम्मेलनमा भण्डारीले विशिष्ट अतिथिका रूपमा गत शनिबार सम्बोधन गरेकी थिइन् ।

सुझावित समाचार