१५ वर्षीय बालकले हाँकेको मोटरसाइकल दुर्घटना हुँदा चार बालकको मृत्यु, एक किशोर गम्भीर

मंगलबार, १५ चैत, २०७८
डिजिटल संस्करण

धनुषाको सबैला नगरपालिकामा १५ वर्षीय बालकले चलाएको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार चार बालकको मृत्यु भएको छ । एक किशोरको अवस्था गम्भीर छ । सबैला– १२ रघुनाथपुरमा सोमबार राति सवा ८ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक १५ वर्षीय राहुल यादवसहित मोटरसाइकलमा सवार १२ वर्षका लक्ष्मी यादव, सुमित यादव र बौका यादवको मृत्यु भएको हो । गम्भीर घाइते १९ वर्षीय सुरेन्द्र यादवको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबै सबैला– २ का हुन् ।

इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार लुइँटेलका अनुसार घटनास्थलमा प्रहरी पुग्दा ज ६ प ६७३९ नम्बरको मोटरसाईकल दुर्घटनाग्रस्त र पाँचजना गम्भीर घाइते अवस्थामा भेटिएका थिए । तत्काल प्रदेशिक अस्पताल पुर्याइएकोमा चार बालकलाई चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए । ‘घटना कसरी भयो, मोटरसाइकल ठोकिएको हो वा कुनै सवारी साधनले ठक्कर दिएर फरार भएको हो भन्ने खुलेको छैन,’ उनले भने, ‘हामी अनुसन्धान गरिरहेका छौँ ।’ 

सुझावित समाचार