आफ्नै तागतमा चुनाव लड्छौँ : प्रचण्ड

सोमबार, १४ चैत, २०७८
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र आफ्नै बलमा निर्वाचनमा जाने बताएका छन्। 

सोमबार प्रेस सेन्टरले रोल्पाको लिवाङमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले आउँदो स्थानीय तहको निर्वाचनमा आफ्नै बलमा भाग लिने बताए। तर अन्य दलसँगको सहकार्यलाई पनि अस्वीकार नगर्ने उनले बताए। 

‘हामी आफ्नै खुट्टामा टेकेर, आफ्नै तागतको बलमा चुनावको परिणाम पक्षमा पार्छौं,’ उनले भने, ‘गठबन्धन र तालमेल हुने कुरालाई पनि ध्यान दिने नीति बनाएका छौँ।’ 

उनले गठबन्धनलाई ध्यान दिने तर मुख्यतः आफ्नै शक्तिमा भर परेर चुनाव लड्ने बताए। गठबन्धन विशेष राजनीतिक परिस्थितिमा जन्मिएकाले त्यसलाई पनि महत्व दिने उनको भनाइ छ।
 

सुझावित समाचार