बेच्नका लागि दुई हात्ती भारततर्फ लैजाँदै गरेको अवस्थामा तीनजना पक्राउ

आइतबार, १३ चैत, २०७८
डिजिटल संस्करण
बेच्नका लागि दुई हात्ती भारततर्फ लैजाँदै गरेको अवस्थामा तीनजना पक्राउ

प्रतिकात्मक तस्बिर ।

नेपालबाट भारततर्फ बिक्री–वितरणका लागि लैजाँदै गरेको दुईवटा हात्तीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पर्साको पकहामैनपुर गाउँपालिका– ५ पोखरिया टोलबाट शनिबार दिउँसो प्रहरीले उनीहरूलाई हात्तीसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका– १८ जितपुर बस्ने ६० वर्षीय बुदिराम महतो, सोही ठाउँ बस्ने ४० वर्षीय राजु कुमाल र पर्सा पकहामैनपुर– ५ सबैठवा बस्ने ३५ वर्षीय सफरोज आलम रहेका छन्।

उक्त स्थानमा बिक्री–वितरणका लागि हात्तीहरू लैजाँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

सुझावित समाचार