विपक्षी दलका भ्रमलाई कांग्रेसले चिर्नुपर्छ : नेता पौडेल

बिहिबार, १० चैत, २०७८
डिजिटल संस्करण
विपक्षी दलका भ्रमलाई कांग्रेसले चिर्नुपर्छ : नेता पौडेल

फाइल फाेटाे ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसले गरेका कामबारे जनतालाई जानकारी गराएर आगामी निर्वाचनमा मत माग्नुपर्ने बताएका छन्। कांग्रेस व्यास नगरपालिका– २ ले बिहीबार दमौलीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारको नेतृत्व गर्दा गरेका कामबारे जनतालाई जानकारी गराउनुपर्ने बताए।

उनले भने, ‘विपक्षी दलहरूले जनतालाई भ्रममा पार्ने कोसिस गरिरहेका छन्। त्यस्ता भ्रमलाई कांग्रेसले  चिर्न सक्नुपर्छ।’ कांग्रेसबारे जनतालाई बुझाउन हरेक नेता तथा कार्यकर्ताले अध्ययन, चिन्तन र मनन गर्नुपर्ने नेता पौडेलको भनाइ थियो।

फरक प्रसंगमा उनले व्यास नगरपालिकालाई प्रकृतिमैत्री बनाउने चुनौती थपिएको बताए। नगरपालिकाभित्र बनेका संरचनाले नगर क्षेत्र साँघुरिँदै गएकोमा उनले चिन्ता व्यक्त गरे। 

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी सरकारमा हुँदा भएका राम्रा कामबारे प्रचार गर्नुपर्नेमा जोड दिए। कांग्रेस जिल्ला सभापति जितप्रकाश आलेले कांग्रेसले आचरण सुधार गर्नुपर्नेमा जोड दिँदै योग्य, क्रियाशील र क्षमतावानलाई स्थानीय चुनावमा टिकट दिइने बताए। रासस

सुझावित समाचार