आइसिसी क्रिकेट विश्वकप लिग दुईअन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनीलाई सात विकेटले हराएको छ।
मंगलबार दुबई क्रिकेट रंगशालामा नेपालले १७४ रनको लक्ष्य तीन विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा आरिफ शेखले ५९ रनको अर्धशतकीय योगदान गरे । रोहित पौडेलले ४४ रन जोडेका थिए ।
डिभिजन २ मा १२ खेलबाट १२ अंक जोडेको नेपाल तालिकाको छैटौँ स्थानमा छ । तालिकाको पुछारमा रहेको पपुवा न्युगिनीले १६ खेलबाट दुई अंक मात्र जोडेको छ ।