लगातार तीन हारसँगै कर्णालीको प्लेअफ यात्रा कठिन बन्दै

सोमबार, २३ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजनमा कर्णाली याक्सले सानदार सुरुवात गरेको थियो। पहिलो र दोस्रो खेलमा लगातार जित निकालेको उसको त्यसपछिका नतिजा प्रतिकूल भइरहेका छन्। त्यसपछिका तीनै खेलमा कर्णाली पराजित भएको छ। 

सोमबार भएको खेलमा पोखरासँग कर्णाली ६३ रनले पराजित भयो। यो हारसँगै उसको प्लेअफ यात्रा कठोर बनेको छ। हारपछि कर्णाली सातौँ स्थानमा खस्किएको छ। अब बाँकी दुई खेल जितेमा पनि उसको प्लेअफ पक्का हुँदैन। अरूको नतिजामा समेत भर पर्नुपर्ने हुन्छ। 

सोमबारको खेलबाट काठमाडौं गोर्खाज शीर्ष स्थानमा उक्लिएको छ। उसले चितवन राइनोजलाई १० रनले पराजित गर्याे। 

एनपिएलमा सबैले पाँच–पाँच खेल खेलेका छन्। काठमाडाैं शीर्ष स्थानमा उक्लिँदा, लुम्बिनी दोस्रो, सुदूरपश्चिम तेस्रो र चितवन राइनोज चौथो स्थानमा छन्। 

त्यस्तै, पाँचौँमा पाँचौँमा रहेको जनकपुर, छैटाैँमा रहेको विराटनगर र सातौँमा रहेको कर्णालीको समान चार–चार अंक छ। आठौँ स्थानमा रहेको पोखराले पाँच खेलमा दुई अंक मात्र बटुलेको छ। 

सुझावित समाचार