माओवादी केन्द्रको केन्द्रीय समितिमा ९७ जना थपिए

सोमबार, २३ फागुन, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा ९७ जना मनोनीत भएका छन्। काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले उनीहरूलाई मनोनीत गरेको हो। 

मनोनीत ९७ जनाको नाम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पढेर सुनाएका थिए। यसअघि पुसमा सम्पन्न राष्ट्रिय महाधिवेशनले दुई सय ४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो। महाधिवेशनले पदाधिकारी चयन गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो। 

थपिएका केन्द्रीय सदस्यमा गंगा दाहाल, कमला नहर्की, दीपक कोइराला, सुमन देवकोटा, शंकर दुलाल, जीवन आचार्य, सुदीप कुँवर, रमेश मल्ल, गोविन्द पौडेललगायत छन्। ९७ जना केन्द्रीय सदस्य थप गर्दा पनि सबै नसमेटिएको भन्दै केन्द्रीय प्रतिनिधिको अर्को नाम प्रस्तावसमेत बैठकमा गरिएको छ। 

सुझावित समाचार