कांग्रेस महोत्तरीको निर्वाचन ५१ प्रतिशत नपुगेपछि निर्वाचन दोस्रो चरणमा

शनिबार, २१ फागुन, २०७८
डिजिटल संस्करण

महोत्तरी नेपाली कांग्रेसको सभापतिको शुक्रबार राती भएको गणनामा कुनै उम्मेदवारको मत ५१ प्रतिशत नपुगेपछि निर्वाचन दोस्रो चरणमा गएको छ । पहिलो चरणको मत मरिणाममा नागेश्वर यादवले १०११ मत ल्याउदै अग्र स्थानमा रहेका छन् । 

शुक्रबार भएको निर्वाचनमा कुल मतदाता दुई हजार दुई सय ७६ रहेकोमा सो मध्ये दुई हजार एक सय ३९ मत (९४ प्रतिशत) खसेको हो । उक्त मतमध्ये नागेश्वर यादव अग्र स्थानमा रहँदै एक हजार ११ मत ल्याएका छन भने सभापतिका अर्का प्रतिद्वन्दी शुशील यादवले सात सय ७९ मत ल्याएका छन् । यता अर्का प्रतिद्वन्दी बजरंग नेपालीले  कुल मतदानको जम्मा ३०६ मत मात्र प्राप्त गरेका छन् । 

अव दोस्रो चरणको लागि आज मतदान हुने नेपाली कांग्रेस जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । महोत्तरीको चारवटै क्षेत्रको सार्वजनिक भएको पहिलो चरणको मत परिणामले कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेकोमा चुनाव दोस्रो चरणमा गएको हो । 

नेपाली कांग्रेसको जिल्ला निर्वाचन अधिकृत इन्द्र अधिकारीले चुनाव दोस्रो चरणमा गएको सुचना सार्वजनिक गरेका हुन । उनले शनिवार पुनः दोस्रो चरणको निर्वाचन हुने तयारी भइरहेको बताए । चुनावी प्रतिस्पर्धामा बजरंग नेपाली बाहिरिएकोमा अव नागेश्वर यादव र शुशील यादवबीच प्रतिस्पर्धा हुने छ । 

निर्वाचनमा तिनै सभापतिको उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आँकलन रहेकोमा मत परिणामले छुट्टै नतिजा ल्याउदै बजरंग नेपालीलाई तेस्रो स्थानमा झारेको हो । यता, अव हुने नागेश्वर यादव र शुशील यादव विचको दोस्रो चरणको निर्वाचनमा कसले वाजी मार्ला हेर्न रोचक हुने छ ।  

तथापी शुशील यादवतर्फ मत आकर्षित हुन सक्ने केहि नेताको आँकलन छ । तर, नागेश्वर यादवले समेत सर्वाधिक मत ल्याएर पहिलो स्थान पाएकोमा चुनाव जित्न आफ्नो कसरत जारी राखेका छन । 

सुझावित समाचार