नेपालमा पहिलोपटक मानिसमा मुटुको कृत्रिम भल्ब राखिएको छ। सहिद गंगाालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीया महिलाको मुटुमा कृत्रिम भल्व राखेको हो । केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्ब साँधुरो भएपछि उक्त भल्बको स्थानमा नयाँ कृत्रिम भल्ब राखिएको जानकारी दिए ।
उनले नेपालमा पहिलोपटक सफलतापूर्वक ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टाभी)’ विधिबाट महिलाको सफलतापूर्वक भल्बको प्रत्यारोपण गरिएको जानकारी दिइन् । यस विधिअनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात् क्याथेटरद्वारा मानवनिर्मित भल्ब मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिन्छ ।
प्रत्यरोपण भएको भल्बले तुरुन्तै काम सुरु गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने गर्दछ । केन्द्रले ती बिरामी महिलाको सोमबार भल्ब प्रत्यारोपण गरेर आज शुक्रबार डिस्चार्ज गरेको हो । मुटुको एओर्टिक भल्ब साँघुरो भएपछि मानिसमा छाती दुख्ने, बेहोस हुने र रिँगटा लाग्ने गर्दछ । उक्त एओर्टिक भल्ब बयस्क मानिसमा शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ भने वृद्धावस्थामा भने शल्यक्रिया गर्न असहज भएको भल्ब नै प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।
मुटुबाट निस्कने मुख्य धमनीमा रहेको एओर्टिक भल्ब साँघुरिने रोगलाई ‘एओर्टिक स्टेनोसिस’ भनिन्छ । यस्ता रोग लागेमा बिरामीकोे पाँच वर्षभित्र मृत्यु हुने सम्भावना ५० प्रतिशत, तीन वर्षमा मृत्यु हुने सम्भावना ५० प्रतिशत र दुई वर्षभित्र मृत्यु हुने सम्भावना ५० प्रतिशत हुने गर्दछ । यस रोगको प्रचलित उपचार भनेको शल्यक्रियामार्फत छाती तथा मुटु चिरेर भल्ब प्रत्यारोपण गरिने विधि हो । तर वृद्धावृद्धामा यस रोगकाे शल्यक्रिया गरेर उपचार गर्दा जोखिम हुने भएकाले ‘टाभी’ विधिबाट मात्र सम्भव हुने गर्दछ । रासस