केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन सक्दैन : पौडेल

शुक्रबार, २० फागुन, २०७८
डिजिटल संस्करण
केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन सक्दैन : पौडेल

फाइल फाेटाे ।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले केन्द्रीय तहको निर्णयले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन नसक्ने बताएका छन्। नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ११औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ द्वारा आयोजित २ दिने प्रशिक्षक–प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन्।

‘केन्द्रीय तहबाट स्थानीय तहमा गठबन्धन हुँदैन। स्थानीय तहले नै आवश्यकताअनुसार गठबन्धन गर्न सक्छन्,’ उनले भने। आगामी चुनावमा कांग्रेसले भ्रष्टाचारविरुद्धको एजेन्डा अघि सार्नुपर्ने उनले बताए।

‘स्थानीय तहले विकासलाई गाउँगाउँमा लगे, भौतिक पूर्वाधारको पक्षमा स्थानीय तहमा धेरै नै भएको छ। तर, सँगसँगै भ्रष्टाचार पनि बढिरहेको छ,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनमा कांग्रेसले भ्रष्टाचारविरुद्ध प्रतिबद्धता ल्याउनुपर्छ।’ नेता पौडेलले विकासको आधार स्थानीय तह भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध कांग्रेस खरो रूपमा उत्रिन जरुरी रहेकोमा जोड दिए।

सुझावित समाचार