कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायसेवा आयोगको बैठक आह्वान गरेका छन्। जिल्ला न्यायाधीशको नतिजा प्रकाशनका लागि उनले आज बैठक आह्वान गरेका हुन्। बैठक दिउँसो साढे १ बजेका लागि बोलाइएको छ।
महाभियोग प्रस्ताव दर्ता हुनुअघि तीनपटकसम्म आयोगको अध्यक्षका रूपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगको बैठक बोलाएका थिए। तर, जबराले बोलाएको बैठक आयोगका सदस्य रहेका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायतले बहिष्कार गर्दै आएका थिए।