भर्चुअल माध्यमबाट बक्सिङ संघको साधारणसभा

आइतबार, १६ माघ, २०७८
डिजिटल संस्करण

नेपाल बक्सिङ संघले भर्चुअल माध्यमबाट ५औँ वार्षिक साधारणसभा मनाएको छ । साधारणसभाको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले शनिबार उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मन्त्री गहतराजले संघका अध्यक्ष राम अवालेले नेपालमा बक्सिङ खेल विकासका लागि विश्व बक्सिङ संघका अध्यक्षलाई नेपालमा बोलाउने गरी महत्वपूर्ण कार्ययोजना अगाडि सारेको बताए । यस्तै, नेपालमा बक्सिङ खेलको धेरै सम्भावना रहेकाले संघ एकताबद्ध भई अघि बढ्नुपर्ने उनको सुझाव छ । 

उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पिक एसोेसिएसनका अध्यक्ष एवं ओलम्पियन दीपक विष्ट, खेलकुद पत्रकार मञ्चका वरिष्ठ उपाध्यक्ष सञ्जीव सिल्पकारले शुभकामना दिएका थिए । संघका पूर्वअध्यक्ष रविराज थापाले स–साना कुरामा भेदभाव र विवाद नगरी एक भएर समस्यालाई समाधान गरी बक्सिङ विकासमा लाग्न आवश्यक रहेको बताए ।

कार्यक्रममा आइबाका बोर्ड सदस्य, एएसबिसीका बोर्ड सदस्य एवं आइबाका वुमन कमिटीका समेत सदस्य रहेकी शेली मिरान्डाको उपस्थिति थियो । मिरान्डाले संघले बक्सिङ विकासमा महत्वपूर्ण कार्यहरू गर्दै आएकोमा प्रशंसा गरिन् । 

सुझावित समाचार