मुक्तिनाथ अधिकारीलाई न्याय दिन सरकारको ध्यानाकर्षण

सोमबार, ३ माघ, २०७८
डिजिटल संस्करण

सशस्त्र द्वन्द्वकालमा गम्भीर मानवअधिकार उल्लंघन गरी बर्बरतापूर्वक हत्या गरिएका शिक्षक मुक्तिनाथ अधिकारीको हत्या भएको २० वर्ष बितिसक्दा पनि न्याय नपाएकोप्रति सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एम्नेस्टी इन्नटरनेसनलद्वारा संयुक्त रूपमा आयोजना गरेको ‘न्यायको प्रतीक्षामा २० वर्ष  राज्य जवाफदेही कहिले बन्ने ?’ विषयक स्मृतिसभामा सरोकारवाला पक्षले उक्त ध्यानाकर्षण गराएका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सशस्त्र द्वन्द्वको समयमा भएका गम्भीर मानवअधिकार उल्लंघनका विषयमा सरकार र संसद्ले गर्ने सहयोगका विषयमा आफूले पहल गर्ने बताए ।

 मानव अधिकारकर्मीहरू चरण प्रसाईं, कपिल श्रेष्ठलगायतले संक्रमणकालीन न्याय दिन ढिलाइ भइरहेको र अब न्याय दिनमा ढिलाइ गर्न नहुनेमा जोड दिए ।  शिक्षक अधिकारीको विसं २०५८ माघ ३ गते रुखमा झुन्ड्याएर बर्बतापूर्वक हत्या गरिएको थियो । संक्रमणकालीन न्यायका लागि गठन गरिएका सत्यनिरूपण तथा मेलमिलाप अयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको भए पनि आयोगले अहिलेसम्म न्याय दिन नसकेको पीडितको गुनासो छ ।

सुझावित समाचार