नेकपा एमाले गोरखाको नयाँ कार्यकालको नेतृत्व फेरि पनि प्रेम गुरुङले सम्हालेका छन् । गोरखा सदरमुकाममा शनिबार सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा गुरुङ सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशनले उपाध्यक्ष पदमा कृष्ण नेपालीलाई सर्वसम्मत चयन गरेको छ । नेपाली यसअघिको कार्यकालमा सचिव पदमा थिए । सचिवमा काजीराम रोका सर्वसम्मत चयन भएका छन् । उपसचिवहरूमा राजन गुरुङ, सुरेशबाबु श्रेष्ठ र विशाल थापा सर्वसम्मत चयन भएका छन् ।
सदस्यहरूमा जनकराज भट्ट, ईश्वर रेग्मी, खिलबहादुर राना, चित्र खड्का, रामहरि केशी, भीमबहादुर बोगटी, सुष्मा रोकाहा, धनेन्द्र धमलालगायत ३० जना सर्वसम्मत चयन भएका छन् ।