कांग्रेस सहमहामन्त्रीको दाबी– अबको चुनावमा एमालेले एक सिट पनि जित्दैन

बुधबार, २१ पुष, २०७८
डिजिटल संस्करण

कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले अबको चुनावमा एमालेले एक सिट पनि नजित्ने दाबी गरेका छन् । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा यादवले अबको चुनावपछि एमालेप्रति जनताको विश्वास खत्तम हुने दाबी गरे । 

प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा चुनाव हुने र निर्वाचनसम्म पाँचदलीय गठबन्धन कायम रहने पनि यादवको भनाइ छ । उनले भने, ‘अब जनताले यसअघि गरेको गल्ती सच्याउनेछन् ।’

उनले पार्टीभित्र गुटगत किचलो गर्न नहुने पनि बताए । उनले भने, ‘यो (गुटगत किचलो) गर्नु गलत हो । जे सुझाव दिने हो, सीधै सभापतिलाई दिनुहोस् । त्यो सुझावको सुनुवाइ हुन्छ ।’

देउवाले पार्टीका सबै नेताहरूलाई मिलाएर लैजाने उनले बताए । उनले सभापति देउवाले गुटगत आधार नदेखाएको पनि जिकिर गरे ।

सुझावित समाचार