नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका हुन् ।
बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक विषय र १४औँ महाधिवेशनपछि पदाधिकारी र केन्द्रीय सदस्यहरूकाे कार्यविभाजन तथा जिम्मेवारी बाँडफाँडलगायतका विषयमा छलफल हुने बताइएको छ।
सोमबार १४औँ महाधिवेशनपछि दोस्रोपटक कार्यसमिति बैठक बस्न लागेको हो। यसअघि १० पुसमा कार्यसमितिको पहिलो बैठक बसेको थियो।