कांग्रेस पदाधिकारीसहित केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण

शनिबार, १० पुष, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन्।

गत मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा सम्पन्न सो महाधिवेशनले सभापतिमा देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीसहित १३५ केन्द्रित सदस्यहरू निर्वाचित गरेको थियो।

सुझावित समाचार