कांग्रेस प्रदेश २ अधिवेशन : ४ बजेसम्म ९७७ मत खस्यो

बिहिबार, ८ पुष, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन जनकपुरमा जारी छ । बिहान साढे नौ बजेदेखि सुरु भएको मतदानमा ४ बजेसम्म नौ सय ७७  मत खसेको निर्वाचन अधिकृत विनयकुमार सिंहले जानकारी दिए ।

चारवटा बुथमा मतदान भइरहेको भए पनि  मतदाताले निकै ढिलो गरी मत खसालिरहेको सिंहले बताए । साँझ ५ बजेसम्म मतदान गर्ने समय रहे पनि उक्त समयभित्र मतदान सम्पन्न हुने अवस्था देखिएको छैन । 

प्रदेश २ मा जम्मा एक हजार नौ सय २० प्रदेश अधिवेशन प्रतिनिधि रहेका छन् ।

सुझावित समाचार