एमाले लमजुङको अध्यक्षमा अधिकारी र सचिवमा पौडेल चयन

शनिबार, ३ पुष, २०७८
डिजिटल संस्करण

नेकपा (एमाले) लमजुङको अध्यक्षमा कृष्णप्रसाद अधिकारी र सचिवमा शुभाष पौडेल चयन भएका छन्। पार्टी सचिव अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइएपछि उनको ठाउँमा उपसचिव पौडेललाई सचिवको जिम्मेवारी दिइएको हो। एमाले जिल्ला उपाध्यक्ष गुमानसिंह अर्याल यसअघि नै प्रदेश कमिटी सदस्य चयन भइसकेका छन्।

एमाले जिल्ला अध्यक्ष धनञ्जय दवाडी पार्टीको गण्डकी प्रदेश सचिवमा चयन भएकाले पार्टी सचिव अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइएको नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मायानाथ अधिकारीले जानकारी दिए।

एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा शुक्रबार बिहान बसेको अनौपचारिक बैठकमा पार्टी अध्यक्ष अधिकारी र सचिवको जिम्मेवारी पौडेललाई दिने निर्णय भएको एमाले गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडीले बताए।

सुझावित समाचार