एमालेको दशौँ महाधिवेशनमा शनिबारबाटै उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुने गरी तयारी अगाडि बढेको छ । ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ठूलो संख्यामा आकांक्षी देखिएका छन् ।
बन्दसत्र सुरु भएलगत्तै उम्मेदवारी मनोनयन प्रक्रिया सुरु गर्ने गरी निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । सात प्रदेश, गैरभौगोलिक प्रदेश, जनसंगठन र प्रवासमा समेत काम गरिसकेका पुराना केन्द्रीय सदस्य तथा नयाँ आकांक्षीले उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । केन्द्रीय सदस्यमा आकांक्षीको सूची धेरै रहेकाले निर्वाचन नै हुने सम्भावना बढी देखिएको छ ।
शनिबार साँझसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र आइतबार बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु गर्ने गरी आयोगले तयारी गरिरहेको निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले यसअघि सार्वजनिक गरेका थिए । तर, निर्वाचन प्रक्रिया सुरु गर्नुअघि अध्यक्षमण्डलको निर्देशन आवश्यक पर्ने भएकाले पर्र्खाइमा रहेको उनले जानकारी दिए । ‘कानुनी प्रक्रियाका लागि अध्यक्षमण्डलले जिम्मा दिएपछि मात्र निर्वाचन प्रक्रिया सुरु हुनेछ ,’ सुब्बाले भने ।
केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको चयनबारे जुन विधिलाई प्राथमिकता दिन्छ, त्यस आधारमै छलफलबाट कसले कहाँ कसरी उम्मेदवारी तय हुन सक्ने केन्द्रीय सदस्य नीरज आचार्यले बताए । उनले आमप्रतिनिधि र कार्यकर्तामा दशौँ महाधिवेशनलाई एकताको सन्देश दिने महाधिवेशन बनाउनुपर्ने धारणा रहेको पनि जानकारी दिए ।
‘यो महाधिवेशन पार्टी विभाजन र एमालेविरुद्ध घेराबन्दी भइरहेका वेला भइरहेकाले आमप्रतिनिधि र कार्यकर्ता पंक्तिमा एकताको सन्देश दिने गरी आन्तरिक एकता मजबुत हुनुपर्छ भन्ने धारणा छ,’ आचार्यले भने, ‘तर, आकांक्षीको व्यवस्थापनमा चुनौती छ, पुराना, प्रदेश कमिटीमा काम गरिसकेकाको सूची लामो छ, पुराना बिदा नगर्ने हो भने नयाँलाई केन्द्रीय कमिटीमा प्रवेशको अवसर हुँदैन, त्यसैले मतदान प्रक्रियामा जानुपर्छ भन्ने मत पनि छ ।’
प्रदेश १ मा ताप्लेजुङबाट तिलकुमार मेयाङ्बो, पाँचथरबाट वसन्त नेम्वाङ र राजकुमार भण्डारी, अइन्द्रसुन्दर नेम्वाङ, इलामबाट गणेश बराल र महेश बस्नेत, खोटाङबाट विशाल भट्टराई, पाँकर्ण राई (पिके), उषाकला राई, कर्ण घले र हरि पोखरेल आकांक्षी छन् । सोलुखुम्बुबाट बुद्धिकुमार राजभण्डारी, मानवीर राई, ओखलढुंगाबाट यज्ञराज सुनुवार, बालकृष्ण ढुंगेल, किशोर अधिकारी, उदयपुरबाट भगवती चौधरी, अम्बिका थापा, झापाबाट हिक्मत कार्की, मेनुका काफ्ले, देवराज घिमिरे, रोमनाथ ओली, चिन्तन पाठक, एलपी साँवा, अर्जुन राईलगायतले उम्मेदवारी दिने तयारी गरेका छन् । झापाबाटै हिक्मत कार्कीले चुनाव हुँदा सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
त्यस्तै, मोरङबाट भानुभक्त ढकाल, विनोद ढकाल, रामकुमार बस्नेत, सत्यनारायण चौधरी, सुनसरीबाट रेवती भण्डारी, धर्म निरौला, मञ्जु भण्डारी, तैयव हुसेन, धनकुटाबाट राजेन्द्र राई, भोजपुरबाट शेरधन राई, कृपासुर शेर्पा, संखुवासभाबाट राजेन्द्र गौतम र भविश्वर गुरुङ, तेह्रथुमबाट विष्णुमाया विश्वकर्मा, किशोर दुलालले इच्छा जनाएका छन् । मोरङबाट सांसदमा विजयी भानुभक्त ढकालले सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
प्रदेश २ बाट प्रभु शाह, राजकुमार गुप्ता, अरविन्द सिंह, ज्वालाकुमारी साह, निर्मला देवकोटालगायत आकांक्षी छन् । गुप्ता लोकतान्त्रिक मधेसी संगठनका महासचिव हुन् । त्यस्तै, आदिवासी–जनजाति कोटाबाट पूर्वसांसद जयप्रकाश थारूले उम्मेदवारी दिँदै छन् । बाराबाट नेपाल खेलकुद महासंघका पूर्वअध्यक्ष पुरुषोत्तम पौडेल, अच्युत मैनाली, बलवीर चौधरीलगायतले उम्मेदवारी दिने तयारी गरेका छन् ।
दलितबाट पर्साका प्रभु हजरा पासवानले उम्मेदवारी दिने तयारी गरेका छन् । सर्लाहीबाट रेवती पन्त, रञ्जना सरकार, कमलादेवी कुसवाह, महोत्तरीबाट सरोज यादव, धनुषाबाट रघुवीर महासेठले पदाधिकारी र केन्द्रीय सदस्य दुवैतिर तयारी गरेका छन् । महासेठपत्नी जुली महतो पनि केन्द्रीय सदस्यका आकांक्षी छिन् ।
सिराहाबाट पूर्वकानुनमन्त्री लीलानाथ श्रेष्ठ, सप्तरीबाट सुमन प्याकुरेलसहित अहिलेका केन्द्रीय सदस्यहरू चुनाव लड्ने तयारीमा छन् । त्यस्तै, केन्द्रीय सदस्य प्रभु साहनिकट केही नेताले पनि उम्मेदवारी दिने तयारी गरेको स्रोतले जनाएको छ । ‘जिल्ला अध्यक्षहरू सबैजसो आकांक्षी छन्, उम्मेदवारी दर्ता नभएसम्म यति छन् भन्ने स्थिति छैन,’ उम्मेदवारीका तयारीमा रहेका अरविन्द सिंहले नयाँ पत्रिकासँग भने ।
बागमती प्रदेशबाट अरुण नेपाल, शेरबहादुर तामाङ, आनन्दप्रसाद पोखरेल, पार्वत गुरुङ, ईश्वरी रिजाल, गोकुल बाँस्कोटा, महेश बस्नेत, गणेश पहाडी, सरिता न्यौपाने, सुभाष कर्माचार्य, सरेश नेपाल, हरिकृष्ण व्यञ्जनकार, कृष्ण राई, कृष्णभक्त पोखरेल, कोमल भट्टराई, पार्वती रावल, केशव देवकोटा, अनन्त पौडेल, रामेश्वर राना, सरस्वती बस्नेत, रचना खड्का, शान्ति तामाङ, कैलाश ढुंगेल, रत्न गौतम केन्द्रीय सदस्यको उम्मेदवार बन्ने तयारीमा छन् ।
यसैगरी, गीता कार्की, कालिका पाठक, ईश्वरचन्द्र पोखरेल, भूमि त्रिपाठी, माधव अर्याल, जगन्नाथ थपलिया, काशीनाथ अधिकारी, हरि सापकोटा, पुरुषोत्तम न्यौपाने, विजय सुवेदी, नारायण वन, बाबुराम खरेल, प्रभा बराल, भक्तकुमारी लामा, जनार्दन ढकाल, केशवराज पाण्डे, नारायण खतिवडा, माधव ढुंगेल, रमेश पौडेल, उषाकिरण तिमल्सिना, निर्मल कुइँकेल, निर्मल भट्टराई, किरण पौडेललगायत छन् । बागमतीबाटै गोकुल बाँस्कोटा र महेश बस्नेतले सचिवमा पनि दाबी गरेका छन् । त्यस्तै, बागमतीबाटै डबल पाण्डेले केन्द्रीय अनुशासन आयोगमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।
त्यस्तै, गण्डकी प्रदेशमा मुस्ताङबाट श्रीमाया थकाली, टासी गुरुङ, प्रेम तुलाचन, चन्द्रमोहन गौचन, पर्वतबाट पदम गिरी, विकास लम्साल र कल्पना चापागाईं, म्याग्दीबाट नवराज शर्मा, भूपेन्द्र थापा, थममाया थापा, नरदेवी पुन, हरिकृष्ण श्रेष्ठ, बाग्लुङबाट इन्द्रलाल सापकोटा, गोविन्द नेपाली, मन केसी, हिरा केसी, सूर्य पाठक र सावित्रा थापाले केन्द्रीय सदस्यमा आकांक्षा देखाएका छन् ।
कास्कीबाट खगराज अधिकारी, विद्या भट्टराई, रश्मि आचार्य, कृष्ण थापा, भीम कार्की, राजीव पहारी, जगत विश्वकर्मा, सीता गिरी, पुण्य पौडेल, पूर्वी नवलपरासीबाट रवीन्द्र अधिकारी, तिलक महत, रोशन गाहामगर, स्याङ्जाबाट नारायण मरासिनी, सीता सुन्दास, भीम गुरुङ, सोभियत ढकाल, किशोरविक्रम मल्ल, पद्मा अर्याल, मोहन रेग्मी, मुक्ति पाठक, तनहुँबाट किरण गुरुङ, टुकराज सिग्देल, केदार सिग्देल र भगवती न्यौपानेको दाबी छ । लम्जुङबाट धनञ्जय दवाडी, मायानाथ अधिकारी, जमिन्द्रमान घले र टुका हमाल, गोरखाबाट रामशरण बस्नेत र सम्झना देवकोटा आकांक्षी छन् ।
त्यस्तै, लुम्बिनी प्रदेशबाट तीन दर्जनभन्दा बढी आकांक्षी छन् । रुपन्देहीबाट भोजप्रसाद श्रेष्ठ, शिवराज सुवेदी, भूमिश्वर ढकाल, तुलसी चौधरी, दधिराम न्यौपाने, बलबहादुर आचार्य, सावित्रा अर्याल, गोमा आचार्य, वासु घिमिरेलगायत छन् । त्यस्तै, पाल्पाबाट ठाकुर गैरे, दलबहादुर राना, कपिलवस्तुबाट विष्णु पन्थी, बलराम अधिकारी, विश्रामप्रसाद थारू, शान्तिदेवी चमार केन्द्रीय सदस्यका आकांक्षी हुन् ।
पश्चिम नवलपरासीबाट जिल्ला अध्यक्ष तुलसी पासी, बद्रीनाथ खनाल, अनेमसंघ केन्द्रीय सचिवालय सदस्य विमला अर्याललगायत नेताहरू केन्द्रीय सदस्यका आकांक्षी छन् । दाङबाट जिल्ला अध्यक्ष टीकाराम खड्का आकांक्षी छन्।
कर्णाली प्रदेशबाट भूगोलबाट विष्णु रिजाल, गोरख बोगटी, नीरज आचार्य, गुलाबजंग शाह, मोहन बानियाँ, लक्ष्मी पोखरेल, राजबहादुर बुढालगायत डेढ दर्जनभन्दा बढी आकांक्षी छन् । महिलातर्फ तीर्था गौतम, लक्ष्मी शाह, मोहनमाया ढकाल, कौशिला खत्री, दीपा शर्मालगायत आकांक्षी छन् । अहिलेका इन्चार्ज यामलाल कँडेललाई भने प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले सचिव पदमा अगाडि सारेका छन् ।
सुदूरपश्चिम प्रदेशबाट अहिले केन्द्रीय कमिटीमा १७ जना केन्द्रीय सदस्य छन् । सुदूरपश्चिम प्रदेशले खुलातर्फ चारजना, महिलातर्फ दुईजनाका अतिरिक्त पिछडिएको क्षेत्र (अछाम, बझाङ र बाजुरा)बाट एकजना केन्द्रीय सदस्य पाउनेछ । हालका केन्द्रीय सदस्यसमेत गरेर चार दर्जनभन्दा बढी नेताहरू केन्द्रीय सदस्यमा आकांक्षी देखिएका छन् । जसअनुसार कैलालीबाट नारदमुनि राना, झपटबहादुर रावल, कमला ओली, दीपकप्रसाद देवकोटा, धर्मराज पाठकलगायत आकांक्षी छन् । त्यस्तै, कञ्चनपुरबाट डा. दीपक भट्ट, निरुदेवी पाल, राजेन्द्र रावल, नरबहादुर धामी, अशोक चन्द, कमला बोहरा, वचनबहादुर सिंह, जीवन्ती पौडेललगायत आकांक्षी छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावलको गृहजिल्ला अछामबाट यज्ञ बोगटी, झपट बोहरा, कृष्णप्रसाद जैशी, कमल तिमिल्सिनालगायतका छन् । बाजुराबाट प्रकाशबहादुर शाह, लालबहादुर थापा, सहदेव बोगटी, दयालबहादुर शाही, पेम्बा गुरुङ, वसुन्धरा रोकायालगायत आकांक्षी छन् । प्रदेश अध्यक्ष कर्ण थापा भने सचिवका आकांक्षी हुन् । यद्यपि, सर्वसहमति हुँदा उनले पनि केन्द्रीय कमिटीमा मात्र उम्मेदवारी दिने तयारी गरेका छन् ।
त्यस्तै, डोटीबाट चक्र मल्ल, गौरी ओली, बझाङबाट भैरवबहादुर सिंह, ऐन महर, डडेल्धुराबाट पुरन दयाललगायतका नेताहरू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् । त्यस्तै, बैतडीबाट दामोदर भण्डारी, लीलाधर भट्ट तथा दार्चुलाबाट गणेश ठगुन्ना, हरदेव जोशीलगायतले उम्मेदवारी दिने तयारी गरेका छन् ।
त्यस्तै, सम्पर्क समन्वय कमिटीबाट श्याम बस्नेत, इन्द्र भण्डारी, नरेन्द्र श्रेष्ठ, कल्पना थापा, थानेश्वर बस्याललगायत आकांक्षी छन् । प्रेस चौतारी नेपालबाट पूर्वअध्यक्षद्वय गगन विष्ट र राजेन्द्र अर्याल, मजदुर फाँटबाट भीमज्वाला राई, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्य, समिर नेपाल, युवाबाट किरण पौडेल, अखिलका पूर्वअध्यक्ष नविना लामा, दलित समुदायबाट ईश्वरी रिजाल, जगत विश्वकर्मा, जितु गौतम, सहकारी फाँटमा काम गरेका केबी उप्रेतीलगायत दाबेदार छन् ।