कांग्रेस सर्लाहीका निर्वाचन अधिकृतले राजीनामा दिएपछि वडा अधिवेशन अन्योल

शनिबार, २७ कार्तिक, २०७८
डिजिटल संस्करण

कांग्रेस सर्लाहीका निर्वाचन अधिकृत विनोद कार्कीले राजीनामा दिएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि उनलाई जिल्ला निर्वाचन अधिकृतको रूपमा खटाएको थियो । अधिवेशन गराउने वातावरण नभएको भन्दै कार्कीले शुक्रबार राजीनामा दिएका थिए । निर्वाचन अधिकृतले राजीनामा दिएपछि कांग्रेस सर्लाहीको आजका लागि तोकिएको वडा अधिवेशनमा समेत अन्याेल देखिएको छ। 

‘जिल्लामा सबै पक्षसँग छलफल गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन खोजेकोमा सहमति नजुटी निर्वाचनको वातावरण नभएकाले पदबाट राजीनामा दिएको छु’ उनले राजीनामापत्रमा भनेका छन् । उनको राजीनामापछि अहिले कांग्रेसले दिवाकर पाण्डेयलाई निर्वाचन अधिकृत बनाएको छ । सर्लाहीमा वडा अधिवेशन आज हुन नसके पनि दुई–तीन दिनभित्रै हुने कांग्रेस निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए ।  

सुझावित समाचार