प्रहरीले जुवाखालबाट नगदसहित १५ जनालाई पक्राउ गरेको छ। गएराति चाँगुनारायण नगरपालिका– ८ सुडाल पुरीगाउँस्थित मणिराम पुरीका घरमा जुवा खेलिरहेका अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमान्डमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दीपक गिरीले जुवातास खेलिरहेको जानकारी आएपछि गएको टोलीले पुरीका घरमा छापा मार्दा जुवातास खेलिरहेका अवस्थामा नगद रु. १२ लाख ४३ हजार सात सय ८० सहित १५ जनालाई पक्राउ गरेको जानकारी दिए।
उनका अनुसार पक्राउ पर्ने जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पुरी, जुवा खेल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल, ३० वर्षीय जनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्र थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रूपेश न्याजू र काठमाडौं गोकर्णेश्वर नगरपालिका– २ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा राजनीतिक दलसम्बद्ध केही युवानेता र पत्रकारसमेत छन्। यसअघि पनि चाँगुनारायणबाट केही युवानेतासहित प्रहरीले पक्राउ गरी नौ हजार धरौटीमा रिहा गरेको थियो। प्रहरीले नेताको नाम भने सार्वजनिक गरेको थिएन। मणिराम पुरीले यसअघि पनि पटक–पटक जुवातास खेलाउँदै आएको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी गिरीले जानकारी दिए।
भक्तपुरमा जुवाखालबाट १२ लाख ४३ हजारसहित १५ जना पक्राउ
सुझावित समाचार
मीनेन्द्र रिजाल कसरी तानिए रिजाल क्यानिङ कम्पनीको जग्गा भ्रष्टाचारमा ?
काठमाडौं । नेपाली कांग्रेसका नेता मीनेन्द्रकुमार रिजाल ०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा संघीय मामिला, संविध…
भक्तपुर मालपोतका नासुसँग साढे नौ करोड अकुत सम्पत्ति, भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
काठमाडौं/ विभिन्न मालपोत कार्यालयमा बसेर अकुत कमाएको अभियोगमा अख्तियारले नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध भ्रष्टाचार र सम्पत्ति श…
तेस्रो राष्ट्रिय एआई सम्मेलन कात्तिक २१ गते हुँदै, अन्तर्राष्ट्रिय विज्ञसहितको सहभागिता रहने
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र प्रयोगबाट नेपालले लिन सक्ने अवसर, आवश्यक पूर्वाधार तथा नीतिगत प्राथमिक…
दीपक भट्टको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै
काठमाडौं । कारागारमा रहेका बिचौलिया दीपक भट्टको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सर्वाेच्चमा सुनुवाइ हुने भएको छ। न्यायाधीशह…
न्यायाधीशको आचरणबारे निष्पक्ष छानबिन होस्ः नेपाल बार
काठमाडौं/ बिचौलिया र न्यायाधीशको संवाद र भेटघाटबारे निष्पक्ष छानबिन गर्न नेपाल बार एसोसिएसनले माग गरेको छ । सर्वाेच्च अदालतका…
बुधबार १० बजेसम्मका १० समाचार
भारतमा ल्यान्डफलपछि कमजोर हुँदै ‘अर्नब’, नेपालमा बिहीबारदेखि वर्षा र हिमपातको जोखिम बंगालको खाडीमा विकसित अति …