प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग महाधिवेशन गर्न सक्ने क्षमता समाप्त भइसकेको टिप्पणी गरेका छन्। नेकपा एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।
कार्यक्रममा बोल्दै उनले भने, ‘पाँच वर्षभित्र गर्नुपर्ने काम गर्न नसक्ने । त्यसपछि ६ महिनामा गर्नुपर्ने। त्यो पनि गर्न नसक्ने। निर्वाचन आयोगले दिएको ६ महिनाभित्र अहिले पनि १४ वटा जिल्लामा कांग्रेसको अधिवेशन बाँकी छ। त्यो कुनै पनि हिसाबले कांग्रेसको रीति पुर्याउने कुरा हो। महाधिवेशन आयोजना गर्ने क्षमतानै कांग्रेससँग समाप्त भइसक्यो।’