सर्वोच्च अदालतका न्यायाधीशहरू बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्न सकारात्मक देखिएका छन्। प्रधानन्यायाधीशबाहेकका सर्वोच्चका न्यायाधीशहरूको आज बसेको बैठकपछि न्यायाधीशहरू आइतबारदेखि बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्न सकारात्मक देखिएकाे बैठकमा सहभागी एक न्यायाधीशले जानकारी दिए।
आज बसेको बैठकमा तीन न्यायाधीशबाहेक अन्य न्यायाधीश उपस्थित थिए। सपना मल्ल र ईश्वर खतिवडा बाहिर भएकाले आइतबार थप छलफल गरेर निष्कर्षमा पुग्ने छलफलको निष्कर्ष रहेको ती न्यायाधीशले जनाकारी दिए। न्यायाधीश नहकुल सुवेदी भने बिदामा छन्।