बागमती प्रदेशमा मुख्यमन्त्री पाण्डेले लिए शपथ, को–को बने मन्त्री ?

बिहिबार, ११ कार्तिक, २०७८
डिजिटल संस्करण

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई एक समारोहबीच शपथ गराए। बुधबार पाण्डेले बहुमत प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। अल्पमतमा परेपछि मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी थिइन्। 

यस्तै, आज नै माओवादी केन्द्रबाट सामाजिक विकासमन्त्री कुमारी मोक्तान, नेकपा एकीकृत समाजवादीबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनाल र नेपाली कांग्रेसबाट भौतिक पूर्वाधारमन्त्रीको रूपमा कृष्ण भँडेलले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।

सुझावित समाचार