नेता नेम्वाङको टिप्पणी– पाँच दलको गठबन्धनमा \'छैटाैँ दल\' पनि थपियो

सोमबार, २५ असोज, २०७८
डिजिटल संस्करण

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाँच दलको गठबन्धनमा 'छैटाैँ दल' थपिएको टिप्पणी गरेका छन् । मन्त्रिमण्डलमा प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराको तर्फबाट मन्त्री बनाइएको तर्फ व्यंग्य गर्दै नेम्वाङले यस्तो बताएका हुन्।

तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले तीन दिन मन्त्री भएको र राजीनामा दिएबाट गठबन्धन सरकारमा छैटौँ दल समावेश भएको पुष्टि हुने तर्क गरे । उनले यो विषय जटिल भएको बताउँदै यसमा नागरिक समाज र राजनीतिक दलहरूले छलफल गर्नुपर्ने उल्लेख गरे ।

‘होइन अहिले पाँच दलको गठबन्धन छ भनियो, फेरि अर्को छैटाैँ थपियो रे भन्ने चर्चा र हल्ला छ।  त्यो छैटाैँ पक्षबाट मन्त्री पनि हुनुभयो, तीन दिनमा राजीनामा पनि दिनुभयो, भनेपछि त्यो कुरा त साँच्चै रहेछ। यस्ता यस्ता इस्युजहरू उठेको सन्दर्भमा राजनीतिक दलहरूले र नागरिक समाजले व्यापक छलफल गर्नुपर्छ, सिंगो देश यो सन्दर्भमा छलफल गरेर निर्णयमा पुग्ने प्रक्रिया नै प्रजातन्त्र हो। समसामयिक विषय थुप्रै छन् जसको हामीले छलफल गर्नुपर्छ,’ नेम्वाङले भने।

सुझावित समाचार