हाम्रो शिक्षा नीति परिवर्तन गर्नुपर्छ : सुनिता बराल

बिहिबार, २१ असोज, २०७८
डिजिटल संस्करण

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएकी छिन्। बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा जीवनोपयोगी नभएको टिप्पणी गर्दै उनले यस्तो बताएकी हुन् ।

विद्यालय तहको शिक्षा जीवनोपयोगी र विश्वविद्यालय तहको शिक्षा विषयविज्ञ उत्पादन गर्ने गरी शिक्षा नीति बनाउनुपर्ने उनले बताइन्। ‘अब हामीले हाम्रा नीतिहरूमा परिवर्तन गर्नुपर्छ। राष्ट्रिय शिक्षा नीतिअनुसारका विश्वविद्यालयमा भएका कार्यक्रमहरू छन् । १२ कक्षा अध्ययन सकेर बाहिर आएको विद्यार्थी आफ्नो जीवन बाँच्न सक्ने विश्वासका साथ निस्किन्छ कि निस्किँदैन ? हाम्रो सबैभन्दा ठूलो चुनौतीको विषय हो,’ बरालले भनिन्।

उनले समय फेरिएको उल्लेख गर्दै विद्यार्थी संगठनहरूले आफ्नो भूमिका र कार्यशैली परिवर्तन गर्नुपर्नेमा पनि जोड दिएकी छिन्।

सुझावित समाचार