बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक

बिहिबार, २१ असोज, २०७८
डिजिटल संस्करण

मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भइरहेको छ। 

नेपाल पार्टीको स्थायी कमिटी बैठकपछि बालुवाटार पुगेका हुन्। एकीकृत समाजवादीले मन्त्रीको नाम टुंग्याउने जिम्मा नेपाललाई दिएको छ।  जनता समाजवादी पार्टीले आजै मन्त्रीको नाम टुंग्याउने बताएको छ। जसपाले मन्त्रीकाे नाम टुंग्याउने जिम्मा तीन नेतालाई दिएको छ। 
 

See More On

सुझावित समाचार