मन्त्रीको नाम टुंग्याउन बालुवाटारमा कांग्रेसको बैठक

बुधबार, २० असोज, २०७८
डिजिटल संस्करण

मन्त्रीको नाम टुंग्याउन कांग्रेसका शीर्ष नेता र पदाधिकारीसहितको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । 

पार्टीका तर्फबाट मन्त्री टुंगो लगाउन पदाधिकारी र शीर्ष नेताहरूबीच अनौपचारिक बैठक बसेको कांग्रेसले जनाएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंहलगायत सहभागी छन्। 

सत्तारुढ दलहरूबीच मंगलबार मन्त्रालय बाँडफाँडमा सहमति जुटेको थियो । जसअनुसार कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको थियो ।

कांग्रेस शीर्ष नेता र पदाधिकारीको बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै बैठक गरेको थियो ।

सुझावित समाचार