महान् पर्व दसैँ नजिकिँदै छ। यस पर्वमा मुस्ताङी भेडाच्याङ्ग्राको मासु माग ह्वात्तै बढ्ने गर्दछ। यसपटक पनि कोभिड– १९ का कारण कोरला नाका ठप्प भएपछि दसैँमा धेरै भेडाच्याङ्ग्रा बजारमा नआउने भएका छन् भने आएका भेडाच्याङ्ग्राको मूल्य पनि आकासिएको छ।
तिब्बतबाट च्याङ्ग्रा ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्ग्राको मूल्य सातदेखि १० हजार रुपैयाँसम्मले महँगिएको लोमान्थांका व्यापारी पासाङ गुरुङले जानकारी दिए। मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले यस वर्ष जिल्लामै भेडाच्याङ्ग्राको अभाव देखिएको बताए।
‘लोमान्थाङबाट आज मात्रै केही भेडाच्याङ्ग्रा मुस्ताङ झार्दै गरेको जानकारी पाएको छु,’ अध्यक्ष तुलाचनले भने,’ गत वर्ष व्यापारीले रु. २७ हजार प्रतिगोटामा बिक्री गरेको च्याङ्ग्राको भाउ यसपटक रु. ३५ हजारभन्दा माथि पुगेको जानकारी आएको छ।’
मूलथलोमै महँगो भएपछि बजारमा च्याङ्ग्राको भाउ अझै बढ्न सक्ने उनको भनाइ रहेको छ। गत वर्ष मुस्ताङबाट मात्रै करिब सात हजार च्याङ्ग्रा बिक्रीका लागि पठाइएकोले यस वर्ष जिल्लामा पनि धेरै भेडाच्याङ्ग्रा नभएकाले समस्या उत्पन्न भएको उनले बताए।
कोभिड– १९का कारण चीनले लामो समयदेखि नाका ठप्प बनाउदा च्याङ्ग्रा मुस्ताङ आउन नपाएको एक दशकदेखि भेडाच्याङ्ग्राको व्यवसाय गर्दै आएका गुञ्जा तेन्जिङले बताए। पाँच दिनअघि मात्र मुस्ताङबाट सरुवा भई म्याग्दीको बेनी भेटेरिनरी अस्पताल तथा पशु विकास केन्द्रमा आएका केन्द्र प्रमुख जीवन आचार्यका अनुसार यस वर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा नआउने वा आए पनि अत्यन्त कम मात्रामा आउने हुँदा जिल्लामा पालिएका भेडाच्याङ्ग्रा मात्रै ढिलो गरी बजारमा आउने भएका छन्।
उनका अनुसार सो जिल्लामा पालिएका ती भेडाच्याङ्ग्राको मूल्य रु. ३५ हजारदेखि ३९ हजारसम्म रहेको छ। सामान्य अवस्थामा व्यापारीले दसैँलाई लक्षित गर्दै तिब्बतबाट च्याङ्ग्रा ल्याउने गरेकामा यस वर्ष यस्तो नभएको उनको भनाइ छ।
सामान्य अवस्थामा मुस्ताङ र तिब्बतबीच वर्षको दुईपटक व्यापार हुने गरेकामा कोरोनाका कारण यस वर्षको व्यापार नभएको व्यापारीले बताएका छन्। गत जेठ र साउनमा हुने मेलामा नेपाली वस्तु तिब्बतीले किन्ने र च्याङ्ग्रा नेपालीले किनेर पाल्ने गरेको भए पनि यस वर्ष त्यो मेला हुन नपाएको संघका अध्यक्ष तुलाचनले जानकारी दिए। हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने जनाउँदै प्रायः उपभोक्ताले भेडाच्याङ्ग्राको मासु खोज्ने गर्दछन्। रासस
तिब्बतबाट नआएपछि भेडाच्याङ्ग्राको मूल्य वृद्धि
कानुन समूहका ११ सहसचिव र ४३ उपसचिवको सरुवा
४ हप्ता अघि
सुझावित समाचार
दीपक भट्टको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै
काठमाडौं । कारागारमा रहेका बिचौलिया दीपक भट्टको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सर्वाेच्चमा सुनुवाइ हुने भएको छ। न्यायाधीशह…
न्यायाधीशको आचरणबारे निष्पक्ष छानबिन होस्ः नेपाल बार
काठमाडौं/ बिचौलिया र न्यायाधीशको संवाद र भेटघाटबारे निष्पक्ष छानबिन गर्न नेपाल बार एसोसिएसनले माग गरेको छ । सर्वाेच्च अदालतका…
बुधबार १० बजेसम्मका १० समाचार
भारतमा ल्यान्डफलपछि कमजोर हुँदै ‘अर्नब’, नेपालमा बिहीबारदेखि वर्षा र हिमपातको जोखिम बंगालको खाडीमा विकसित अति …
गुल्मीमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ जना घाइते
गुल्मी/ गुल्मीको कालीगण्डकी गाउँपालिका–२, अर्बेनीस्थित दभौखानीमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा…
सप्तकोशी नदीमा मोटरबोट दुर्घटना, तीनजनाको मृत्यु, चार बेपत्ता
उदयपुर । सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।&n…
भोटेकोशी-त्रिशूली बाढी प्रभावित नेपाललाई हानिनोक्सानी कोषबाट २० मिलियन डलर अनुदान दिने निर्णय
बाढी प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनर्निर्माणमा खर्च गरिने