प्रदेश २ लोसपा संसदीय दलको नेतामा सोनल निर्वाचित

मंगलबार, १२ असोज, २०७८
डिजिटल संस्करण
प्रदेश २ लोसपा संसदीय दलको नेतामा सोनल निर्वाचित

प्रदेश २ संसदीय दलका नेता सोनल र पार्टी केन्द्रीय अध्यक्ष महन्थ ठाकुर

जसपाबाट विभाजित भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल निर्वाचित भएका छन् । पार्टीभित्र सहमति नभएपछि भएको चुनावमा सोनल निर्वाचित भएका हुन् । सोनलले ९ मत र उपेन्द्र महतोले ६ मत ल्याएका थिए ।
 
सोनल अध्यक्ष महन्थ ठाकुरनिकट मानिन्छन् । तत्कालीन राजपा प्रदेश २ का दलको नेतामा सोनल सर्वसम्मत चुनिएका थिए । दलको नेता छनोट गर्न अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झासहित शीर्ष  नेता जनकपुर आएका थिए । 

यसअघि गत आइतबार लोसपा प्रदेश २ संसदीय दलको विधान पारित भएको थियो । सोही विधानअनुसार मंगलबार दलको निर्वाचन भएको हो ।

सुझावित समाचार