वरिष्ठ अधिवक्ता त्रिपाठीको अध्यक्षतामा संवैधानिक कानुन व्यवसायी मञ्चको नयाँ कार्यसमिति चयन

आइतबार, ३ असोज, २०७८
डिजिटल संस्करण

संवैधानिक कानुन व्यवसायी मञ्चको साधारणसभाले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभाले दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमितिको चयन गरेको हो।

शनिबार बसेको साधारणसभाले उपाध्यक्षमा अम्बर राउत, महासचिवमा सरोजकृष्ण घिमिरे र सचिवमा पवन जयसवाललाई चयन गरेको छ। त्यस्तै, सदस्यहरूमा हर्कबहादुर रावल, रोशनी पौड्याल, शर्मिला श्रेष्ठ  र लीलाधर उपाध्यायलाई चयन गरेको मञ्चले जानकारी दिएको छ । 

सुझावित समाचार