आज निजामती सेवा दिवस : फेला परेनन् सर्वोत्कृष्ट कर्मचारी

मंगलबार, २२ भदौ, २०७८
डिजिटल संस्करण

आज निजामती कर्मचारी सेवा दिवस । दिवसको अवसर पारेर सरकारले हरेक वर्ष सर्वाेत्कृष्ट र उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गर्ने गर्दछ । तर, यो वर्ष सरकारले सर्वाेत्कृष्ट कर्मचारी फेला पार्न सकेन ।

दुई लाख रुपैयाँसहित एकजनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिने व्यवस्था निजामती सेवा नियमावलीमा भए पनि सर्वोत्कृष्टबाहेक ४० जना पुरस्कृत हुँदै छन् ।

सरकारले सर्वोत्कृष्ट कर्मचारी फेला नपारेको याे लगातार पाँचौँ वर्ष हो ।

सुझावित समाचार