खनाल भेट्न डल्लु पुगे प्रचण्ड

बुधबार, १६ भदौ, २०७८
डिजिटल संस्करण

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रचण्ड खनालनिवास डल्लु पुगेका थिए ।

सोमबार भारतको नयाँदिल्लीबाट काठमाडौं फर्किएका खनालको स्वास्थ्य अवस्था बुझ्न र समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न प्रचण्ड त्यहाँ पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।  भेटमा प्रचण्डले खनालको स्वास्थ्यलाभको कामना गरेका छन् । 

सुझावित समाचार