नेताहरूको सम्बोधनपछि कांग्रेस जिल्ला सभापतिको अनशन आजबाट तोडिने

शनिबार, १२ भदौ, २०७८
डिजिटल संस्करण

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका जिल्ला सभापतिहरूको जारी अनशन आजबाट तोडिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार साँझ सभापतिहरूले राखेको माग पूरा गर्ने आश्वासन दिएपछि अनशन तोड्न लागेको नुवाकोटका जिल्ला सभापति जगदीश नरसिंह केसीले जानकारी दिए ।  

जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने, क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्नेलगायतका माग राखेर जिल्ला सभापतिहरू चार दिनदेखि रिले अनशनमा छन् । 

‘केहीबेरमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखकलगायतका नेताहरू आएर  अनशनस्थलमा सम्बोधन गर्नुहुन्छ,  त्यसपछि हामी अनशन तोड्छौं’ सभापति केसीले भने ।  

सुझावित समाचार