प्रधानमन्त्री र डा. केसीबीच पाँचबुँदे सहमति

बुधबार, २ भदौ, २०७८
डिजिटल संस्करण

केसीले ३ भदौदेखि सुरु गर्ने भनेको अनशन स्थगित, स्वास्थ्य  राज्यमन्त्री श्रेष्ठबारे उपयुक्त समयमा निर्णय लिइने

डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि उनले ३ भदौदेखि घोषणा गरेको सत्याग्रह कार्यक्रम स्थगित गरेका हुन् । 

प्रधानमन्त्री देउवा र केसीबीच मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल भएको थियो । प्रधानमन्त्री देउवा र केसीबीच पाँचबुँदे सहमति भएको छ । प्रधानमन्त्री देउवाले सार्वजनिक पदहरूमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने र स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । दुई तीन महिना राज्यमन्त्री उमेश श्रेष्ठको काम हेरेपछि त्यसबारे धारणा बनाउने विषयमा सहमति भएको हो । 

प्रधानमन्त्री देउवासँगको छलफलमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, पूर्वअध्यक्ष डा.अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याललगायत सहभागी थिए । 

यस्ता छन् सहमतिका बुँदा
१. सार्वजनिक पदहरूमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने, स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने
२. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्न तथा वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने
३. पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलहरूको प्रतिवेदनलाई कानुनी रूप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनासाथ प्रक्रिया अघि बढाउने
४. प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज पु¥याउन निर्माण कार्यलाई तीव्रता दिने 
५. चिकित्सा शिक्षा क्षेत्रमा संशोधनलगायत बाँकी मागहरू तथा यसअगाडि नेपाल सरकारसँग गरेका सम्झौता कार्यान्वयन गर्ने

See More On

सुझावित समाचार